विश्वकप लिग–२ः टस हारेपछि नेपालले पहिला ब्याटिङ गर्ने, बसिरको डेब्यू

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ३ : २५


काठमाडौं । स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा नामिबियाका कप्तान गेर्हार्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले आजको खेलमा बसिर अहमदलाई डेब्यू दिएको छ । उनले नेपाली क्रिकेट टोलीमा डेब्यू गरेका हुन् । विनोद भण्डारी, पवन सरार्फ र किशोर महतो बेन्चमा छन् ।

बसिरले नेपालबाट ३३ औं ओडिआई क्याप पाएका हुन् । वैशाखमा जिम्बावे ए सँग भएको टि२० र एकदिवसिय अभ्यास खेल बसिरले नेपालबाट खेलि सकेका छन् । जिम्बावे ए सँगको खेल अभ्यास खेल मात्र हुँदा उनी पहिलो पटक नेपाली टोलीमा परेका हुन् ।

वैशाख पहिलो साता बसिर अहमद भैरहवामा सम्पन्न प्रो क्लब च्याम्पियनसिपका सर्वोत्कृष्ट खेलाडी ९प्लेयर अफ द सिरिज० चुनिएका थिए । रुपन्देही९११ लाई च्याम्पियन बनाउन बसिरले सानदार अलराउन्ड प्रदर्शन गरेका थिए । रुपन्देहीले फाइनलमा मलेसिया सिनियर टोलीलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको थियो ।

बसिरले प्रतियोगिताभर ५ खेलमा १ सय १९ रन बनाउनुको साथै १० विकेट लिए । बसिर स्पिनसँगै तल्लोक्रममा आक्रामक ब्याटिङको क्षमता बढी राख्ने गर्दछन् । उनले नेपाली यू९१९ टोलीबाट एसिया कपमा राम्रो प्रदर्शन गरेका थिए । लुम्बिनीलाई यू१९ राष्ट्रिय च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । उनी बायाँ हाते स्पिनको साथै राम्रो ब्याटिङ गर्ने गर्दछन् ।

नेपाल बलियो टोली नामिबियालाई हराउँदै स्कटल्यान्डमा सानदार सुरुवात गर्न चाहन्छ । तर त्यसको लागि नेपाली ब्याटरले जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ । ओडिआईमा नामिबिया र नेपालले पहिलो पटक भिड्न लागेका हुन् ।

नेपालको अभ्यास खेलमा प्रदर्शन भने राम्रो हुन सकेन । नेपाल क्यानाडासँग दोस्रो अभ्यास खेलमा १ सय ८९ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपाल १ सय ५ रनमै अल आउट भएको थियो । गैर जिम्मेवारी ब्याटिङ मुख्य समस्या हो ।

नेपालको ओपनिङ आसिफ शेख र कुशल भुर्तेल गर्नेछन् । त्यसपछि देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आदिल अन्सारी, आरिफ शेख, सोमपाल कामी र करण केसी हुनेछन् । स्पिनरमा सन्दीप र बसिर हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्