रुनी युनाइटेडको मुख्य प्रशिक्षक बन्ने

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  २ : २१


काठमाडौं । इंग्ल्यान्डका पूर्व कप्तान वायन रुनी अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब डीसी युनाइटेडको मुख्य प्रशिक्षक बन्ने भएका छन् । डिसी युनाईटेडको मुख्य प्रशिक्षक बन्न रुनी सहमत भएको वासिङ्गटन पोस्टले जनाएको छ ।

रुनी डिसी युनाईटेडका पूर्व खेलाडी समेत हुन् । उनले २०१८ देखि १९ सम्म डिसीका लागि खेलेका थिए । म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान समेत रहेका रुनी एभर्टनबाट डीसी गएका थिए ।

उनी डिसी छाडेर लिग वान क्लब डर्बी काउन्टीको मुख्य प्रशिक्षक बनेका थिए । तर, ३६ वर्षीय रुनीले हालै डर्बीको मुख्य प्रशिक्षक पद छाडेका थिए ।

रुनीले डर्बीसँगको सम्झौता नसकिदै क्लब छाडेका हुन् । गत वर्ष उनले क्लबसँग साढे दुई वर्षको सम्झौता गरेका थिए। डर्बी गत सिजन च्याम्पियनसिपबाट रेलिगेसनमा परेको थियो । मुख्य प्रशिक्षक हुनु अघि रुनीले डर्बीबाट खेलेका थिए । रुनी इंग्ल्यान्डका कीर्तिमानी गोलकर्ता हुन् ।


प्रतिक्रिया दिनुहोस्