कोलम्बो। दुवै नेताले आधिकारिक रूपमा राजीनामा नगरेसम्म श्रीलंकाको राष्ट्रपति र प्रधानमन्त्रीको निवासमा कब्जा जारी राख्ने प्रदर्शनकारीहरूले बताएका छन्।
राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने शनिबार संसदका सभामुखले जानकारी दिएका थिए। त्यस्तै, प्रधानमन्त्रीले पनि राजीनामा दिने बताएका छन्। प्रदर्शनकारीले उनको निजी निवासमा आगजनी गरेका छन्।
तर राष्ट्रपति आफैं देखिएका छैनन् र सार्वजनिक बयान दिएका छैनन्। उनी हाल श्रीलंकाको जलक्षेत्रमा नौसेनाको जहाजमा रहेको सैनिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। उनका भाइ पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षे पनि नौसेनाको आधारमा रहेको बताइएको छ।
दुबै नेताले राजीनामा दिने भने पनि आन्दोलनकारीहरूले नेताहरूको नियतप्रति शंका गरिरहेका छन्। ‘हाम्रो संघर्ष सकिएको छैन’, विद्यार्थी आन्दोलनका नेता लाहिरु वीरासेकराले भने, ‘राष्ट्रपति राजापाक्षेले नछोड्दासम्म हामी संघर्ष छोड्ने छैनौँ।’
आगामी दिन राजनीतिक रूपमा के हुन्छ भनेर हेर्नको लागि अत्यन्तै अनिश्चित समय हुने राजनीतिक विश्लेषक तथा मानवअधिकार वकिल भवानी फोन्सेका बताउँछन्।
यसैबीच राष्ट्रपति निवास र प्रधानमन्त्री निवास कब्जा गरेर बसेका रुष्ट जनताहरुले उनीहरुको निवासलाई दरबार भनेका छन्। त्यहाँ उनीहरुले लाखौं पैसा भेटेको र मिठा खानेकुरा खाएको दृश्यहरु सार्वजनिक भएको छ।
उनीहरुले महँगो खाटमा उफ्रिरहेको पनि देखिएको छ। प्रदर्शनकारीहरु जिम खाना र स्विमिङपुलमा पनि रमाइरहेको फोटो र भिडिओ सार्वजनिक भएका छन्।
भिडिओ
भिडिओ