परराष्ट्रमन्त्री डा.नारायण खड्का र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओबीच शिष्टाचार भेटवार्ता भएको छ।
मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ।
विदेश विभाग प्रमुख लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी नेपाल र चीनबीचको आपसी हितका विषयमा छलफल गरेका थिए।
विदेश विभाग प्रमुख लिउ नेतृत्वको प्रतिनिधिमण्डल नेपालको तीन दिने भ्रमणमा आज बिहान काठमाडौँ आइपुगेका हुन। रासस