अश्लील दृश्य र द्विअर्थी शब्द हुन नहुने शर्तमा नीतिले साइन गरिन् फिल्म

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ६ : ३१


काठमाण्डौँ । दर्शकले ठुलो पर्दामा हेर्न चाहेका तर अझैसम्म ठुलो पर्दाको चलचित्र नखेलेकी मोडल हुन् नीति शाह । आकर्षक जिउडाल र सुन्दर लुक्स भएकी नीति यतिखेर भने चलचित्र खेल्ने मुडमा छिन् ।
उनको चलचित्र डेब्युबारे बजारमा अनेकथरी कुरा पनि आएका छन् ।

उनी अहिलेका चल्तीका नायकद्धय अनमोल केसी र प्रदीप खड्कामध्ये एकजनासंग जोडी बनाएर फिल्म खेल्न तयार रहेको बुझिएको छ । उनी अब अनमोलसंग जेरी २ मा संगै देखिने भन्ने कुरा पनि आएको छ । यसै सन्दर्भमा  एक निर्माण कम्पनीसंग  मोटो रकममा केही शर्तसहित उनले एउटा फिल्ममा साइन गरेको खबर आएको छ ।

एक कर्पोरेट हाउसले निर्माण गर्ने फिल्मको मुख्य अभिनेत्रीमा नीति अनुबन्धित भएकी छन् । १४ लाख रुपैयाँ पारिश्रमिकमा नीतिले २ शर्तसहित फिल्ममा साइन गरेकी बताइएको छ । पहिलो, अश्लील दृश्य हुन नहुने र दोस्रो, द्विअर्थी शब्दको प्रयोग हुन नहुने ।

यो उनको सर्तलाई निर्माण पक्षले कसरी कार्यान्वयन गर्छ या कस्तो फिलिम बन्छ त्यो त पछि नै निर्माण पक्षले बताउने छ । त्यो सहमति कस्तो हो भन्नेबारे अर्को हप्ता पत्रकार सम्मेलन गरी जानकारी गराउने बताइएको छ ।

तस्विर उनको फेसबुकबाट लिइएको हो ।


प्रतिक्रिया दिनुहोस्