कोइराला पक्षको निष्कर्षः सरकारमा भ्रष्टाचार बढ्यो, पार्टी विधिसम्बत चलेन

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ५ : ४७


काठमाडौँ  । सत्तारुढ नेपाली कांग्रेसमा डा. शेखर कोइराला पक्षको वैठक सम्पन्न भएको छ । आइतबार काठमाडौंको विशालनगरमा बसेको नेता कोइराला पक्षको बैठकले सरकारमा भ्रष्टाचार बढेको र पार्टी पनि विधिसम्बत् नचलेको निष्कर्ष निकालेको छ । सरकार संचालनका सन्दर्भमा सभापति शेर बहादुर देउवा असफलउन्मुख रहेको भन्दै गम्भिर भएर केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने उनीहरुको निष्कर्ष छ ।

बैठकका पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा. रामशरण महतलगायत सहभागी थिए।  संस्थापन पक्षले पार्टीलाई एकलौटी अघि बढाएको नेता कोइराला पक्षको आरोप छ।  नेता चन्द्र भण्डारीले वैठकमा सरकारले ल्याएको बजेटबारे पनि छलफल भएको बताउँदै यसमा पनि धेरैको असन्तुष्टि रहेको बताउनु भयो । सरकारमाथि प्रश्न गरेको वैठकले पार्टी पनि सभापति देउवाले पार्टी पनि विधिवत रुपमा अघि बढाउन नसकेको निष्कर्ष निकालेको छ ।

स्थानीय तह निर्वाचनको समेत समीक्षा गरी आगामी प्रदेश सभा र संघीय संसदको निर्वाचनमा पार्टीलाई अझ फाइदा हुने गरी गठबन्धनलाई वृहत् बनाउने विषयमा पनि छलफल हुने नेता भण्डारीले बताए।

‘भोलिदेखि केन्द्रीय समिति बैठक हुँदैछ। भोलिको वैठकमा यी विषय जोडतोडका साथ उठाइने उहाँले बताउनु भयो । स्थानीय तहको चुनावको समिक्षा गरी आगामी गठबन्धनबारे पनि अब गम्भिर भएर सोँच्नु पर्ने कोइराला पक्षको निष्कर्ष छ ।


प्रतिक्रिया दिनुहोस्