राप्रपा महिला संघ​को बैठकमा भयो कुटाकुट

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ५ : २८


काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महिला ददस्य कुटाकुट गरेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा आइतबार पार्टीको राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठक चलिरहेका बेला एक्कासी दुई समुहबीच कुटाकुट भएको हो । हानाहानको क्रममा राप्रपाका​ महामन्त्रीद्वय कुन्ती शाही र राजेन्द्र गुरुङ लगायतका घाइते भएका छन् । ​

राप्रपा महिला संघको अध्यक्षमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिन अगाडि मात्रै नियुक्त गरेका थिए ।

शाह अध्यक्षमा नियुक्त भएपछि आज बसेको पहिलो बैठकमा असन्तुष्ट पक्ष कुमारी तामाङलगायतको समुहले विरोध गरेका थिए । उनीहरुले पार्टी बाहिरको मान्छेलाई ल्याएर अध्यक्ष बनाएको भन्दै विरोध जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस्