श्रीलंकाका राष्ट्रपतिको घरमा भेटियो करोडौँ नगद, गन्दै प्रदर्शनकारी

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ५ : १२


एजेन्सी । श्रीलंकाका राष्ट्रपतिको घरमा करोडौँ रकम बराबरको क्यास भेटिएको छ ।

श्रीलंका सरकारकाविरुद्ध प्रदर्शनमा उत्रेका प्रदर्शनकारीले शनिबार राष्ट्रपति गोटबाया राजपक्षेको घर कब्जामा लिएका छन् ।

शनिबारबाट राष्ट्रपति भवनमा रहेका प्रदर्शनकारीले त्यहाँ करोडौँ रुपैयाँ बराबरको नगद भेटेका त्यहाँको समाचार संस्था डेली मिररले जनाएको छ । फेला पारेको रकम प्रदर्शनकारिले गनेका सो समाचार संस्थाले जनाएको बीबीसीले उल्लेख गरेको छ ।  यसबारेमा सान्दर्भिक तथ्य छानबिन गरी वास्तविक अवस्थाबारे जानकारी दिने अधिकारीहरूले बताएका छन्।

सुरक्षा घेरा तोड्दै हजारौँ प्रदर्शनकारी शनिबार राष्ट्रपति निवासमा प्रवेश गरेका थिए। निवासमा प्रदर्शनकारी प्रवेश गर्न थालेपछि राजापाक्षे सुरक्षित स्थानमा भागेका थिए। उनी कहाँ छन् भन्नेबारेमा केही खुलाइएको छैन्। केही विवरणमा उनी सेनाको मुख्यालयमा रहेको बताइएको छ।

त्यहाँका राष्टपति र प्रधानमन्त्रीले सत्ता छाड्ने घोषणा गरेसंगै त्यहाँको प्रदर्शन मत्थर हुँदै गएको छ । परिवारवादले श्रीलंका चरम आर्थिक संकटमा रहेको भन्दै केही समयदेखि प्रदर्शनकारी सडकमा थिए ।


प्रतिक्रिया दिनुहोस्