सीपीसीका विदेश विभाग प्रमुख र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ४ : ५४


चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान छाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन।

प्रधानमन्त्री देउवालाई भेट्न छाओ बालुवाटार पुगेका हुन। भेटमा द्विपक्षीय विविध विषयमा कुराकानी भइरहेको छ। प्रधानमन्त्री देउवासँगको भेटपछि छाओ परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कालाई भेट्न सिंहदरबार जानेछन्।

चाओ चार दिने भ्रमणका लागि आज आइतवार बिहान काठमाण्डौ आएका हुन। विदेश विभाग प्रमुख लिउ जियान छाओले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, अन्य दलका अध्यक्षलगायत नेतासँग भेटवार्ता गर्नेछन्।


प्रतिक्रिया दिनुहोस्