राष्ट्रव्यापी सनातन धर्म सम्मेलन पशुपतिमा सुरु, ६० जिल्लाबाट सहभागी

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ४ : ४६


काठमाण्डौँ ।  देशभरका करिब ६० जिल्लाका धार्मिक अगुवाहरूको सहभागीतामा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन सुरु भएको छ । पशुपति क्षेत्रमा आजबाट सम्मेलन सुरु भएको हो ।

राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले आज सम्मेलनको उद्घाटन गरे । उद्घाटनमा बोल्दै थापाले नेपालको गुमेको हिन्दूराष्ट्रको पहिचान छिट्टै पुनर्स्थापित हुने बताए । धर्मपरिवर्तनको डढेलोलाई रोक्न सबै जागरुक हुनुपर्ने उनले उनको भनाई छ ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। जगमान गुरुङले नेपालको वैदिक सनातन सभ्यताबारे जानकारी दिएका थिए ।

 


प्रतिक्रिया दिनुहोस्