नेपालमा भदौमा हुने ‘महिला साफ’ पाकिस्तान पनि खेल्ने

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  २ : १५


काठमाडौं । पाकिस्तानले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप खेल्ने भएको छ । पाकिस्तान फुटबल फेडेरसनले नेपालमा आयोजना हुने महिला साफमा सहभागिता जनाउने पुष्टि गरेको छ।

नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप आगामी भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ । पाकिस्तानको सहभागितासँगै च्याम्पियनसिपमा सबै ७ राष्ट्रले प्रतियोगिता खेल्ने भएको छ ।

पाकिस्तानको महिला टोलीले आठ वर्षपछि अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । पछिल्लो समय फिफाको प्रतिबन्धको कारण पाकिस्तानले अन्तराष्ट्रिय फुटबलमा सहभागिता जनाएको थिएन । तर, फिफाले हालै पाकिस्तानमाथिको प्रतिबन्ध फुकुवा गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्