विम्बल्डन टेनिसः उपाधिका लागि आज जोकोभिच र निक भिड्ने

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  २ : १३


काठमाडौं । विम्बल्डन टेनिस अन्तर्गत पुरुषतर्फको फाइनल खेल आज आइतबार हुँदैछ । लण्डनस्थित सेन्टर कोर्टमा हुने फाइनलमा सर्बियन नोभाक जोकोभिच र अष्ट्रेलियन निक क्रिगोस भिड्ने छन् । फाइनल खेल नेपाली समय अनुसार साँझ पौने सात बजे सुरु हुनेछ ।

साविक विजेता तथा विश्व नम्बर एक जोकोभिच निकलाई हराउँदै लगातार दोस्रो पटक उपाधि उचाल्न चाहन्छ । जोकोभिच ६ पटकको विम्बल्डन च्याम्पियन समेत हुन् । उनी सातौं पटक विम्बल्डन जित्ने योजनामा छन् ।

यता, निक भने पहिलो पटक विम्बल्डनको उपाधि उचाल्ने योजनामा रहेका छन् । उनी पहिलो पटक फाइनल पुगेका हुन् । सेमिफाइनलमा राफायल नाडालबाट वाकओभर पाएर निक फाइनल पुगेका हुन् । चोटको कारण नाडालले सेमिफाइनल खेल त्यागेका थिए ।

जोकोभिचले भने सेमिफाइनलमा बेलायतका क्यामरुन नोरीलाई हराएका थिए ।महिलातर्फको उपाधि काजकिस्तानकी इलिना राइबाकिनाले जितेकी छिन् । फाइनलमा ट्युनिसियाकी ओन्स जाबेरलाई हराउँदै राइबाकिना विम्बल्डनको नयाँ च्याम्पियन बनेकी हुन् ।


प्रतिक्रिया दिनुहोस्