बुटवलको एक होटलको कोठा नंं १०५, जहाँ २१ वर्षीया युवती झुण्डिइन्

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १२ : १५


बुटवल । बुटवलको एक होटलमा २१ बर्षीया युवती झुण्डिएकी छन् । गोलपार्कस्थित पूर्वी पाल्पाली गाल्धाली होटेलको कोठा नम्बर १०५ मा २१ वर्षीय सदीक्षा गुरुङ कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

मृतक गुरुङ बुटवल वडानंम्बर २ की बासिन्दा भएको प्रहरीले जनाएको छ । सदिक्षा स्वयम्ले होटल बुक गरेको प्रहरीको भनाई छ । मृतकका आफन्तहरूले शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएका छन् । असार २४ गते राति एक पुरुषसँगै संगै बास बसेकी युवती मृत फेला परेपछि घटना संकास्पद भएको परिवारजनको भनाई छ ।

सदीक्षासँगै बसेका युवक घटनापश्चात फरार भएका थिए । अहिले प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले युवकको परिचय भने खुलाएको छैन ।


प्रतिक्रिया दिनुहोस्