बालेन भन्छन्ः मेरै तलबबाट बन्छ यमबुद्धको शालिक

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ३ : ३६


काठमाडौं। काठमाडौं महानगरपालिकाले आत्महत्या गरेर जिवन गुमाएका र्यापर यमबुद्ध ‘अनिल अधिकारी’को शालिक बनाउने निर्णय गरेपछि उक्त निर्णयका चौतर्फी विरोध भएको छ।

शालिक बनाउने भन्दै शुक्रबार महानगरले १५ लाख रूपैयाँ बजेट पनि छुट्याएको थियो। मेयर बालेनको ठाडो प्रस्तावमा महानगरले यो निर्णय लिएको थियो।

तर मानिसहरुले सरकारी पैसाको दुरुपयोग हुने भन्दै आलोचना गरेपछि यतिबेला बालेनले आफ्नै तलबले भएता पनि शालिक बनाउने बताएका छन्।

चर्को आलोचनापछि बालेनले फेसबुकमा भनेका छन्,‘म मेरो तलबाट यमबुद्धको शालिक बनाउँछु। तपाइँहरुको दिन शुभ राहोस्।’ र्यापर बालेन मेयर बनेपछि देशभरका र्यापरले उनलाई यमबुद्धको शालिक बनाउन दबाब दिइरहेका छन्।

यमबुद्ध नेपालका चर्चित र्यापर थिए। उनले संचालन गरेको र्याप ब्याटर रअ बार्जबाट लाहुरे, युनिक पोइटजस्ता र्यापर चर्चामा आएका थिए।


प्रतिक्रिया दिनुहोस्