गद्दी छाड्दा पूर्वराजा ज्ञानेन्द्रले गरेको सम्बोधन मैले तयार गरेः केपी ओली

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ५ : ४२


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालिन राजा ज्ञानेन्द्रले नारायणहिटी राजदरबार छाड्नुअघि गरेको सम्बोधन आफूले तयार पारेको दाबी गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले २०६३ सालमा आफूले नै तयार गरेको ड्राप्ट ज्ञानेन्द्रले पढेको बताएका हुन्।

उनले भने, “२०६३ वैशाख ११ गते ज्ञानेन्द्रले गरेको घोषणा सर्वदलीय स्वीकृतीमा पार्टीले तयार पारेको ड्राफ्ट हो । पार्टी कार्यालय बल्खुको अगाडि चौरमा रुद्राक्षको बोटमुनि बसेर मैले त्यो ड्राफ्ट गरेको थिएँ । त्यो ड्राफ्ट ज्ञानेन्द्रले पढेका थिए” ।


उनले त्यहाँ एउटा मैले भंग गरेको संसद् पुनःस्थापना गरिएको र अर्को बहुदलीय व्यवस्था जनताको नासो जनतालाई फर्काइदिएको भनिएको बताए। उनले माओवादीले जनयुद्ध गर्नुको उद्देश्य अर्कै रहेको दाबी गरे।


प्रतिक्रिया दिनुहोस्