काठमाडौं। जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या भएपछि भारतले भोलि शनिबार राष्ट्रिय शोक मनाउने भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार दिउँसो ट्विट गर्दै आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाइने बताएका हुन्।
आफू गुजरातको मुख्यमन्त्री हुँदादेखि नै आबे आफ्नो साथी भएको उल्लेख गर्दै मोदीले आबेको निधनले अत्यन्त दुःखी भएको बताएका छन्।
शुक्रबार बिहानै एउटा कार्यक्रममा भाषण गरिरहेको समयमा आबेमाथि गोली प्रहार भएको थियो।
पत्रकारको भेषमा कार्यक्रममा पुगेका आक्रमणकारीले बन्दुकलाई क्यामेराजस्तै बनाएका थिए। फोटो खिच्ने बहानामा आबोमाथि गोली प्रहार भएको थियो।
As a mark of our deepest respect for former Prime Minister Abe Shinzo, a one day national mourning shall be observed on 9 July 2022.
— Narendra Modi (@narendramodi) July 8, 2022