भारतमा आगामी पाँच वर्षभित्र पेट्रोलमा प्रतिबन्ध लगाइने, पेट्रोलको विकल्पमा के त?

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ४ : ०३


काठमाडौं। भारतले आगामी पाँच वर्षभित्र पेट्रोलमा प्रतिबन्ध लगाउने योजना बनाएको छ।

रुस र युक्रेनबीच जारी द्वन्द्वका कारण संसारभर पेट्रोल लगायतका इन्धनको मूल्य चर्को रुपमा वृद्धि भइरहेको छ।

यसबीचमा भारतका सडक यातायात तथा राजमार्गमन्त्री नितिन गडकरीले आगामी पाँच वर्षभित्रमा भारतले पेट्रोललाई प्रतिबन्ध लगाउने बताएका हुन्।

गडकरीले पेट्रोललाई प्रतिबन्ध गरेर ‘बायो इथेनोल’ इन्धनको रुपमा प्रयोग गरिने बताए। बायो इथेनोर नवीकरणीय ऊर्जा हो।

यस हरित अक्सिजनलाई इनारको पानीबाट बनाउन सकिने र ७० भारु प्रतिकिलोको हिसाबमा बेच्न सकिने उनको भनाइ छ।

सबै सवारी साधनमा यस्ता बैकल्पिक उर्जा प्रयोग भए महँगीको मारमा कोही नपर्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्