सिन्जो आबेलाई गोली लागेको घटनामा राष्ट्रवादी चिनियाँ खुशी!

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ३ : ४६


काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला गोली प्रहार भएको खबर सार्वजनिक भयो।

सो खबर अन्तराष्ट्रिय मिडिया हुँदै चिनियाँ सामाजिक सञ्जालमा पनि फैलियो।

जापानी पूर्वप्रधानमन्त्रीलाई गोली लागेर ढलेको घटनाबारे चिनियाँ अधिकारीहरुले आश्चर्य व्यक्त मान्दै शिघ्र स्वास्थ्य लाभको कामना पनि गरे। आवेको उपचारका क्रममा अस्पतालमा निधन भइसकेको छ।

सामाजिक सञ्जालमा राष्ट्रवादी चिनियाँहरुले भने खुशी व्यक्त गरिरहेको बीबीसीले जनाएको छ। चीनमा धेरै चलाइने सामाजिक सञ्जाल बिबोमा व्यक्त गरिएका कमेन्टहरु विश्लेषण गर्दै बीबीसीले राष्ट्वादी चिनियाँले खुशी व्यक्त गरेको जनाएको छ।

बिबो चीनको सबैभन्दा ठूलो सोशल मिडिया प्लाटफर्म हो। टिकटकमा पनि आबेको मजाक गर्दै भिडियोहरु पोष्ट गरिएको पाइएको छ।

शिन्जो आबेले प्रधानमन्त्रीकालमा अमेरिकासँगको सम्बन्धलाई मजबुत बनाउन धेरै ध्यान दिएका थिए भने चीनसँगको सम्बन्धमा उतारचढाव र सैन्य अवरोधका कारण आबे चीनमा बदनाम थिए।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने सामाजिक सञ्जालको प्रतिक्रियाबारे केहि नाबेल्ने बताएका छन्।एजेन्सी

 

 

 


प्रतिक्रिया दिनुहोस्