आवेको निधनले मोदी स्तब्ध, भारतमा एक दिने राष्ट्रिय शोक

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ३ : १६


काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधनले आफू स्तब्ध भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।

जापानको नारा सहरमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला उनलाई पत्रकारको परिचय दिँदै आएका एक पुरुषले छातीमै ताकेर गोली हानेका थिए। आबेको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय प्रधानमन्त्री मोदीले आवेको निधनबाट आफू गहिरो दुःखी भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

आफू गुजराजको मुख्यमन्त्री हुँदै उनीसँग मित्रता कायम भएको भन्दै मोदीले प्रधानमन्त्री भएपछि आवेसँग अझ घनिष्ठ सम्बन्ध बनेको बताएका छन्।

ट्विटमा उनले आवेप्रति सम्मान दर्शाउन भारतमा भोलि एकदिने राष्ट्रिय शोकको घोषणा गरेका छन्।।


प्रतिक्रिया दिनुहोस्