कतार विश्वकपमा स्टेडियम भित्र बियर पिउन प्रतिबन्ध

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १ : ४८


काठमाडौं। यसपटक फिफा विश्वकप फुटबल खाडी देश कतारमा हुँदैछ।

फुटबलको महासंग्राम मानिने विश्वकप फुटबल आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म चल्नेछ।

पहिलोपटक मदिरा र यौन व्यवसाय प्रति कठोर रहेको देशमा विश्वकप हुन लागेको हो। कतार मुस्लिम देश हो जसका कारण त्यहाँ माथि उल्लेखित विषयमा कडाई गरिएको छ।

यसक्रममा विश्वकप फुटबल हेर्न जाने दर्शकहरुलाई दिनदिनै दुःखको खबर आइरहेको छ।

हालै विश्वकप हेर्न जाने पुरुष र महिलाले श्रीमान र श्रीमती भएको प्रमाणपत्र देखाएमात्र उनीहरुलाई सँगै बस्न होटलले अनुमति दिइने खबर आएको थियो।

यतिबेला विश्वकप भइरहँदा स्टेडियममा बियर तथा मदिराजन्य पदार्थ लैजान नदिनइने नियम बनेको डेलीमेलले जनाएको छ।

पर्यटकका लागि बियर तथा मदिराजन्य पदार्थ खुला गरिनेछ तर स्टेडियम भित्र भने लैजान नदिइने समाचारमा भनिएको छ।

खबरअनुसार स्टेडियमदेखि केही परको क्षेत्रमा बियरहरु पाइनेछ।


प्रतिक्रिया दिनुहोस्