टी–२० विश्वकपको ट्रफि ३० अगस्टमा पहिलोपटक नेपाल ल्याइदै

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १ : ३२


काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को ट्रफि टुर आज (शुक्रबार) बाट सुरु भएको छ ।
फिजी, फिनल्यान्ड, जर्मनी, घाना, इन्डोनेसिया, जापान, नामिबिया, सिंगापुर र भानुआतुमा पहिलो पटक टी–२० विश्वकपको ट्रफी पुग्न लागेको हो ।
यसै सन्दर्भमा पहिलो पटक ट्रफि नेपाल ल्याउन लागिएको छ । अक्टोबर १६ बाट अष्ट्रेलियामा सुरु हुने टी–२० विश्वकपको ट्रफि टुरको क्रममा काठमाडौं ल्याइने छ ।

विश्वकप सुरु हुनुभन्दा १०० दिन अघिबाट ट्रफिलाई विश्वको विभिन्न शहरहरुमा पुर्‍याउने यात्रा सुरु भएको हो । जसलाई ३० अगस्टमा काठमाडौं ल्याइने आइसीसीले जनाएको छ ।

ट्रफि नेपालको कुन कुन ठाउँमा पुर्‍याइने भन्ने बारे खुलाइएको छैन । ट्रफी टुर विभिन्न १३ देशका ३५ शहरमा गरिनेछ ।
यस अघि २०१९ मा भएको एकदिवसीय विश्वकप क्रिकेटको ट्रफि नेपाल ल्याइएको थियो ।


प्रतिक्रिया दिनुहोस्