लामखुट्टेले टोकेपछि यी महिला पाइलटको मृत्यु, मस्तिष्कसम्म फैलियो संक्रमण!

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १२ : ३६


काठमाडौं। लामखुट्टेले टोकेपछि मस्तिष्कसम्म सङ्क्रमण फैलिएर इङ्ग्ल्यान्डकी एक प्रशिक्षार्थी विमानचालकको ज्यान गएको छ।

उनको मृत्युबारे गरिएको अनुसन्धानमा लामखुट्टेकै कारण उनको मृत्यु भएको देखिएको बीबीसीले उल्लेख गरेको छ।

बेल्जियममा लामखुट्टेले टोकेको पाँच दिनपछि सफोकस्थित बरी अफ सेन्ट एडमन्ड्सकी २१ वर्षीया ओरिआना पेपरको गत वर्ष जुलाईमा मृत्यु भएको थियो।

ती युवती अक्सफर्डको ईजीजेट कार्यक्रममा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण भएको र थप तालिमका लागि बेल्जियम गएको कुरा सफोकको कोरनर कोर्टको सुनुवाइमा बताइएको छ।

लाम्खुट्टेले उनको निधारमा दाहिने आँखानिर टोकेको थियो। त्यो ठाउँ सुन्निएको र त्यहाँ सङ्क्रमण भएको देखिएपछि उनीलाई जुलाई ७ मा अस्पतालको आकस्मिक कक्षमा गएकी थिइन्।

पेपरलाई एन्टिबायोटिक औषधि दिइएको थियो। तर दुई दिनपछि उनी बेहोस भएपछि उनलाई प्रेमीले अस्पताल लगेका थिए।

उनको तीन दिनपछि जुलाई १२, २०२१ मा अस्पतालमै मृत्यु भयो।

त्यतिबेला मस्तिष्कमाुसेप्टिक एम्बोलीका कारण उनको मृत्यु भएको भनिएको थियो।

स्ट्याफाइलोकोकस अरियस नामक ब्याक्टेरियाको सङ्क्रमणमा रक्तनलीमा अवरोध हुँदा सेप्टिक एम्बोली हुन्छ। निधारमा कीराको टोक्दा पनि त्यस्तो विषाक्त अवस्था उत्पन्न हुन सक्छ।


प्रतिक्रिया दिनुहोस्