युक्रेनको तर्फबाट युद्ध लडिरहेकी ब्राजिलियन मोडलको रुसी रकेट आक्रमणमा मृत्यु

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ११ : ५२


काठमाडौं। युक्रेनको तर्फबाट रुसविरुद्ध युद्ध लडिरहेकी ब्राजिलियन मोडलको मृत्यु भएको छ।

रुसी सेनाको बमबारीमा परेर ३९ वर्षीया थलिता डो भालेको मृत्यु भएको डेलीलेमले जनाएको छ।

गत जुन ३० मा खार्किभमा रुसी सेनाले रकेट आक्रमण गर्दा थलिताको मृत्यु भएको हो।

थलिताका भाइ रोड्रिगो भिइराका अनुसार रुसी आक्रमणबाट उनी लुकेर बसेको बंकर थुनिएको थियो।

बंकरभित्रै निसास्सिएर उनको मृत्यु भएको जनाइएको छ। सो बंकर वरपर आगलागी भएको थियो। सोही आक्रमणमा अर्का ब्राजिलियन नागरिकको पनि मृत्यु भएको थियो।

थलितालाई बचाउने क्रममा ४० वर्षका डग्लास बुरिगोको मृत्यु भएको हो।

ब्राजिलमा मोडलिङ गर्ने थलिताले विशेषगरी स्नाइपरको भूमिका पाएकी थिइन्। उनी मानवीय सहायता कार्यमा पनि संलग्न थिइन्।

ब्राजिलका उनी युक्रेनका लागि भाडाका लडाकु थिइन्।


प्रतिक्रिया दिनुहोस्