डा. तेजेन्द्र, जो विश्वको ८ औं उत्कृष्ट विश्वविद्यालयमा प्राध्यापक छन्

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  १ : ३४


काठमाण्डौँ । विश्वको ८ औं उत्कृष्ट विश्वविद्यालयको रुपमा चिनिएको बेलायतको युनिभर्सिटी कलेज लन्डनमा नेपालबाट एक जना युवाले ठुलो फड्को मारेका छन् ।

डा. तेजेन्द्र फेराली युनिभर्सिटी कलेज लन्डनमा शिक्षा, द्वन्द्व र शान्ति विषयको प्राध्यापक छन् । यति ठुलो विश्व विद्यालयमा अध्यापन गराउने सम्भवतहः उनी पहिलो नेपाली ब्यक्ति भएको दावी गरिएको छ ।

डा. फेराली अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा अध्ययनका लागि सन् २००७ मा लन्डन गएका थिए । उनी सन् २०१३ मा उक्त विश्वविधालयमा आवद्द भए । उनले विद्यावारिधी सकेपछि प्राध्यापनसंगै शिक्षा, शान्ति र द्वन्द्वबारे अध्ययन, अनुसन्धान, आलोचनात्मक वहस आदिमा आफूलाई व्यस्त राखेका थिए ।

डा. फेरालीले बेलायतको नेपाली समुदायमाझ आफ्नो प्राज्ञिक अनुभव र ज्ञान बांड्दै आएका छन् । यो सफलता नेपालीको खुसी भएको उनले प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्