काठमाडौँ। वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट निष्कासित भएका छन् ।
शनिबार सतुंगलस्थित एक पार्टी प्यालेसमा बसेको अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी, आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले विभिन्न ५ बुँदे आरोप लगाउँदै बहुमतले गौतमलाई संयोजकबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
साथै बैठकले सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ ।