काठमाडौं उपत्यकामा आज थपिए तीन जना हैजाका संक्रमित

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ६ : ४४


काठमाडौं। काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको हो।

असार २ गतेदेखि १७ गतेसम्मको तथ्यांकअनुसार १७ जनामा पुष्टि भएको हो।

हालसम्म काठमाडौंको बोहोराटार, बुढानीलकण्ठ, डिल्लीबजार, सानेपा, बागबजार लगायतका ठाउँमा हैजाको जिवाणु भेटिएको पुष्टि भएको छ।


प्रतिक्रिया दिनुहोस्