नेपालमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ५ : ५८


काठमाडौं । पछिल्लो २४ घण्टा नेपालमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ४६७ परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

एक हजार २०१ पीसीआर परीक्षणमा ३३ जना र एक हजार २६६ एन्टिजेन परीक्षणमा ११ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही समयमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ रहेको छ ।

आज थपिएकासँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३१४ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्