‘नेपाललाई कृषि उत्पादन बिक्रीमा समस्या नै हुँदैन’

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ५ : ०६


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले नेपाली किसानले कृषि उत्पादन र उत्पादकत्व बढाएमा बजारको कुनै समस्या नहुने बताएका छन्।

एमालेको पार्टी कार्यालय च्यासलमा शनिवार आयोजित कार्यक्रममा उनले भारत र चीन जस्तो बिसाल दुई देशको बीचमा रहेको नेपालले जतिसुकै कृषि उत्पादन गरे पनि बजारको समस्या नहुने बताएका हुन्।

उनले अब हामीसँग रहेका परम्परागत, जीवनमुखी, निर्वाहमुखी कृषिले धेरै उत्पादन नदिने हुँदा नयाँ नगदे कृषि उत्पादनमा लाग्नु पर्ने सुझाब दिए।

उनले परम्परागत खेति किसानबाट भन्दा औषधिय गुण भएका, फलफूलजन्य, अत्तर बनाउन मिल्ने फूल उत्पादन, यार्चागुम्बा जस्ता उच्च दरको उत्पादन र नाफा दिने खेति गर्नतर्फ लाग्नु पर्ने पनि बताए ।


प्रतिक्रिया दिनुहोस्