टेलिकमका सिममा एनआईसी एसियाको मोबाइल एप निःशुल्क

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ७ : ४४


काठमाडौं । अब नेपाल टेलिकमका ग्राहकले एनआईसी एसिया बैंकको मोबाइल एप निःशुल्क प्रयोग गर्न पाउने भएका छन् ।

सम्झौता अनुसार एनआईसी एसिया बैंकका प्रयोगकर्ताले मोबाइल बैंकिङ एप प्रयोग गर्दा लाग्दै आएको डेटा शुल्क अब तिर्नुपर्ने छैन् । यो सेवा सोमबारबाट कार्यान्वयनमा आइसकेको टेलिकमले जनाएको छ । सोमबारबाट एनआईसी एशिया बैंकका प्रयोगकर्ताले निशुल्क रुपमा मोबाइल एप प्रयोग गर्न पाएका छन् ।

यसरी ग्राहकलाई मोबाइल बैंकिङ प्रयोग गर्दा निःशुल्क लागेपनि त्यसबापतको शुल्क भने बैंकले टेलिकमलाई उपलब्ध गराउने गरी सम्झौता भएको उल्लेख छ ।

यसअघि नेपाल टेलिकमले यस्तै खालको सम्झौता करिब ७ महिना अघि ग्लोबल आईएमई बैंकसँग गरेको थियो । भने, केही समय अघिमात्रै नेपाल बैंकसँग पनि यस्तै सम्झौता भएको टेलिकमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्