काठमाडौं । ताप्लेजुङबाट झापा जाँदै गरेको जिप इलामको पुवाखोलामा दुर्घटना भएको छ।
सो दुर्घटनामा १ बालकसहित १३ यात्रु घाइते भएका छन्।
को १ ज ३३२९नम्बर को जिप मेची राजमार्गबाट २ सय मिटर तल झरेको हो।
गम्भीर घाइते भएका ४ जनालाई झापा पठाइएको छ। बाँकीको इलाम अस्पतालमा उपचार हुँदै छ।