काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६९८ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा १७ जना संक्रमणमुक्त भएका छन्। र, पछिल्लो २४ घण्टामा मृत्युदर शून्य रहेको छ।
देशभर सक्रिय संक्रमितको संख्या २८० रहेको मन्त्रालयले जनाएको छ। पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।