पार्टी फुटको संघारमा रहेका बेला जसपाले बोलायो केन्द्रीय समिति बैठक

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ५ : ११


काठमाडौं। फुटको संघारमा रहेको जनता समाजवादी पार्टी जसपाले केन्द्रीय समितिको बैठक बोलाएको छ।

संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव पक्षबीच टकराव बढेका बेला बैठक असार २७ र २८ गते वीरगन्जमा बस्ने गरी बोलाइएको हो।

जसपाको केन्द्रीय समिति ४९९ जनाको छ। दुबै नेताहरूले हिजो बुधबार मात्र सौहार्दपूर्ण तरिकाले आ–आफ्नो बाटोमा हिँड्ने समझदारी गरेका थिए।


प्रतिक्रिया दिनुहोस्