कुमारी जबद्वारा सञ्चालित ‘प्रोफेसनल एच आर ट्रेनिङ’ सम्पन्न

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ४ : १०


काठमाडाैं । कुमारी जबद्वारा सञ्चालित “प्रोफेसनल एच आर ट्रेनिङ” सम्पन्न भएको छ ।

विभिन्न संघ–संस्थामा कार्यरत अनुभवि व्यक्तित्व देखि मानव संसाधनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहने व्यक्तिहरुको सहभागिता रहेको यस प्रशिक्षण २४ दिन सम्म सञ्चालन भएको थियो ।

शेर्पा हस्पिटालिटी ग्रुपका एच आर भाईस प्रेसिडेन्ट भुवनराज जोशी, लक्ष्मी ग्रुपका सहायक महाप्रबन्धक कृष्णबहादुर सिंह, डिस मिडिया नेटवर्कका एचआर एण्ड एडमिनिस्ट्रेशन हेड नेहा जोशी, माछापुच्छ्रे बैंक लिमिटेडका ऋचा पाण्डे र एशियन पेन्ट्सका सुधीर ढुंगेल लगायतद्वारा प्रशिक्षण प्रदान गरिएको थियो ।

तालिमको पहिलो ब्याचको सफलतापछि कुमारी जबले असार १४ गतेदेखि दोस्रो ब्याच पनि सञ्चालन गरिरहेको कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले जानकारी दिएस्का छन । एच् आर ट्रेनिङको साथ–साथै कुमारी जबले समय–समयमा लेखा परिक्षण, एक्सेल, डिजिटल मार्केटिङ जस्ता विषयहरुमा पनि प्रशिक्षण सन्चालन गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्