मुख्यमन्त्री फेर्न बागमतीमा काँग्रेस र माओवादीले थाले ‘हस्ताक्षर संकलन’

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ३ : ५७


काठमाण्डौँ । बागमती प्रदेशमा मुख्यमन्त्री फेरबदलको तयारी सुरु हुन थालेको छ । प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्ने तयारीमा
सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र लागेका हुन् ।

त्यसको लागि सांसदहरुको हस्ताक्षर संकलनमा काँग्रेस र माओवादी लागेका छन् । गठबन्धनको सहमतिमा मुख्यमन्त्री बनेका नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले माओवादी र काँग्रेससंग आलोपालो सरकार चलाउने पूर्वसमति लत्याउन थालेको भन्दै दबाब बढाउन हस्ताक्षर संकलन थालिएको सांसद सीता अधिकारीले बताईन् ।

पाण्डेपछि कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने दौडमा छन् । समाजवादीका नेता पाण्डे गत कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी कांग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

उनलाई माओवादी २३, नेपाली कांग्रेस २२, एकीकृत समाजवादीका १३ र जसपाको एकसहित ५९ सांसदको समर्थन रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्