बालकोट पुगेको बामदेवलाई उल्टै ओलीले ‘कन्भिन्स’ गरेर फकाईदिए

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  २ : ४१


काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतम र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटघाट भएको छ ।

आफ्नो अभियानमा समेट्न सकिन्छ कि भनेर ओलीलाई भेट्न विहिबार भक्तपुरको बालकोट पुगेका बामदेवलाई उल्टै ओलीले कन्भिन्स गरेर फर्काइदिएका श्रोतले बतायो । बालकोटमा ओलीसँग लामो छलफल गरेका बामदेवले सबै कम्युनिष्टहरुलाई मिलाएर अघि बढ्न केपी ओलीलाई आग्रह गरेका थिए ।

धैर्यसंग सुनिसकेपछि ओलीले ‘पुरानो मित्रता कायमै राखेर अगाडी जाऔँ । मित्रता कायमै छ’ भनेर सम्झाएको विश्वस्त श्रोतले बतायो । यद्यपी दुईजनाको कुराकानी भने मित्रतापूर्ण भएको बताइएको छ । केहीछिन् छलफल गरी वामदेव त्यहाँबाट फर्किएका श्रोतले बतायो ।

३ महिने अभियानबारे ओली जानकारी गराएका गौतमले सबै कम्युनिस्ट नेता र पार्टीहरुलाई एकीकृत गर्ने दौडधुपमा लागेका गौतमले पहिलोपटक ओलीलाई भेटेका हुन् । अब उनी माधव नेपाल, प्रचण्ड लगायतका नेतासंग पनि भेटघाटको तयारीमा रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्