कीर्तिपुरमा १३ र मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  २ : १०


काठमाडौं । कीर्तिपुरमा १३ र मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत भएका छन् । काठमाण्डौँमा किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कीर्तिपुर नगरपालिका–५ पांगालाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका–१० घर भएका २० वर्षीय साजन प्रजालाई पक्राउ गरेको छ । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी प्रजाले बलात्कार गरेको प्रहरीले जनाएको छ । उता मुस्ताङमा १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागवेनी बस्ने शेरथाङ सेल्फी डाडाँस्थित थेसाङ सेल्फी रेष्टुरेन्टका संचालक ३२ वर्षीय दिन्डुक छिरिङ गुरुङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई सोही रेष्टुरेन्टमा गुरुङले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्