एक बर्षपछि ओली र वामदेवले पहिलोपटक हात मिलाए

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  १ : ३६


काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा (ओली ) र नेकपा (राष्ट्रिय एकता अभियान) सुरु गरेका वामदेव गौतमले एक बर्षपछि पहिलोपटक हात मिलाएका छन् ।

एमाले फुटेपछि ओलीसंग रुष्ट भई ओली लक्षित टिप्पणी गर्दै आइरहेका बामदेव र ओलीबीच सुमधुर सम्बन्ध नरहेका कारण आजसम्म प्रत्यक्ष भेट हुन सकेको थिएन ।

नयाँ एकता अभियान सुरु गरेपछि संयोजक बामदेव आफै ओली निवास बालकोट गएर भेट गरेर हात मिलाएका हुन् । फोटोमा पनि दुवै जना एक अर्कालाई खुबैसंग नियालेको पाइन्छ ।

भेटमा वामदेवले वामगठबन्धनको प्रस्ताव गरेका बताइएको छ । उनीहरुबीच भएको छलफलको निष्कर्ष भने आएको छैन । पछ्रिल्लो समय वामदेवले नेकपा फुट्नुको कारणमा मुख्य दोषी पुष्पकमल दाहाल (प्रचण्ड) रहेको बताउँदै आएका छन् ।

बिभिन्न कम्युनिष्ट नेतालाई भेटी एकताको प्रयास गर्ने र एकता नभए वामदेवले ३ महिनापछि छुट्टै दल खोल्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्