काठमाण्डौँ । पार्टी भित्रको विवादले फुटको रुप धारण गर्न लागेपछि ‘कि वार कि पार’ गर्न भन्दै आज जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता हुँदै छ। उनीहरुबीच आज दिउँसो १ बजे भेट हुने बताइएको छ । हिजो पनि यी दुई नेताबिच भेट भएको थियो । तर कुरा नमिलेपछि आज फेरि बस्ने सहमति भएको थियो ।
यही असार १३ गते भएको यादव पक्षको बैठकले भट्टराईसहित कृषिमन्त्री महेन्द्र राय यादव, केन्द्रीय कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठ अर्का एक नेतालाई पार्टीविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण माग्ने निर्णय गरेको थियो। त्यसपछि
भट्टराई र यादव पक्षबीच टकराव बढ्दै गएर जसपा विवाद निर्णायक मोडमा पुगेको हो । जसपाको कार्यकारिणी समितिमा ३२ सदस्य छन्।