एकताको प्रस्ताव लिएर वामेदव बालकोटमा

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  १२ : ०५


काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) घोषणा गरेका संयोजक वामदेव गौतमले कम्युनिस्ट एकताको लागि दौडधूप सुरु गरेका छन्।

नेताहरु नेताहरुसंगको भेटघाट तीव्र बनाएका वामदेवले विहिबार अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग बालकोटमा छलफल गरिरहेको बताइएको छ।

पार्टीका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख निमकान्त पाण्डेका अनुसार आगामी ३ महिना भित्र सबै कम्युनिस्ट नेतासँग भेट गर्ने र एकताको सम्भावना नरहेको खण्डमा नयाँ पार्टी घोषणा गर्ने तयारी छ। संयोजक वामेदवले हिजो पनि केही नेतासंग भेटघाट गरेको उनले बताए।


प्रतिक्रिया दिनुहोस्