काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटना हुनबाट जोगिएको छ।
गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी आज बिहान रामेछापको गोगनेमा सडक किनारबाट तल झरेको थियो। तर अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको उनले सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी दिएका छन्।
‘ठुलो घट्ना हुनबाट जोगियो,’ उनले सामाजिक सञ्जालमा गाडीको फोटोसमेत सेयर गर्दै भनेका छन्, ‘रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो।’
ठुलो घट्ना हुनबाट जोगियो!
रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकोले ठुलो घट्ना हुनबाट जोगियो।
भगवानको कृपाले हामी सबै सकुसल छौं। pic.twitter.com/L6KYIoRcjX— Dhan Raj Gurung (@dhanrgrg) June 30, 2022