काठमाडौँको फोहोरलाई मल बनाएर मलको हाहाकार कम गराउन सकिन्छः बालेन

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ८ : २१


काठमाडौँ। काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले काठमाडौँमा उत्पादन हुने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केही कम सकिने र यसका लागि महानगरपालिका क्रियाशील रहेको बताएका छन।

असार १५ र राष्ट्रिय धान दिवसको शुभकामना दिँदै प्रमुख शाहले, जैविक फोहोरबाट मल बनाउने महानगरको सफलता र असफलताले देशभर नै उल्लेख्य फरक पार्नेमा आफू सचेत रहेको उल्लेख गरेका छन।

प्रमुख शाहले भनेका छन, ‘काठमाडौँमा वस्ती बस्नु, सम्पदाको सहर वा राजधानी बन्नुमा यहाँको उर्बरता र उब्जनीको ठुलो भूमिका छ। उर्बर माटोलाई खेती गर्न योग्य बनाउन माटोमा रगत र पसिना बगाउने किसानहरुको विशेष भुमिका छ। हो, अहिले हाम्रा प्राथमिकताहरु झाँगिदै जाँदा यहाँका किसानहरुका मुद्दा कमजोर हुँदै गएका होलान वा कृषि नै सीमान्तकृत हुँदै गएको होला। तर, हामीलाई जे र जसले यहाँ ल्याइपुर्यायो, उसैलाई बिर्सने भन्ने हुँदैन।’

यसपालीको असार १५ र धान दिवसले सबैलाई किसान र कृषिप्रतिको जिम्मेवारी बोध गराउन सकोस भन्दै उनले शुभकामना व्यक्त गरेका छन्।

 


प्रतिक्रिया दिनुहोस्