चोर छोरालाई जोगाउन जब एक व्यक्तिले एक्साभेटर प्रहरीमाथि चलाए…(भिडिओ)

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ६ : १४


काठमाडौं। छोराछोरीको खुशीको लागि बाउआमाले अनेक प्रयत्न गर्छन्।

उनीहरुलाई मिठो खुवाउन, खेलौंना किनिदिन, राम्रो विद्यालयमा पठाउन अभिभावकले निकै मिहिनेत गरेका हुन्छन्।

तर हरेक समय छोराछोरीलाई खुशी बनाउनाले अन्य व्यक्तिलाई असर पनि गर्नसक्छ।

अमेरिकाको हार्डविक भन्ने ठाउँमा हालै एक व्यक्तिलाई गिरफ्तार गर्न दुई प्रहरी पुग्छन्। ती व्यक्तिमाथि चोरीको अभियोग लागेको हुन्छ।

तर जब प्रहरी उनको घर पुग्छन् र गिरफ्तार गर्न खोज्छन्। उनका ५२ वर्षका पिता प्रहरीसँग रुष्ट हुन्छन् र छोरालाई बचाउन खोज्छन्।

प्रहरीविरुद्ध ती पिता एक्साभेटरमा सवार हुन्छन् र त्यसको बकेटले उनीहरुलाई हिर्काउन खोज्छन्। यो घटनाको भिडिओ विश्वभर भाइरल भएको छ।

टाइम्स नाउका अनुसार यो घटनामा कोही घाइते हुँदैन।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्