ज्योति विकास बैंकको नयाँ शाखा ललितपुरको टीकाथलीमा

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ६ : ०१


काठमाडाैं । ज्योति विकास बैंकले बुधबार ललितपुरको टिकाथलीमा ११८औं शाखाको औपचारिक उद्घाटन गरेको छ।

महालक्ष्मी नगरपालिका वडा नं- ५, ललितपुरस्थित टिकाथली शाखा को समुद्घाटन महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठ र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए ।

उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्य,बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहक तथा स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

साथै, ग्राहकवर्गको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकले टीकाथली शाखा कार्यालय रहेको स्थानमा आजै देखि एटीएम सेवा पनि सञ्चालनमा ल्याएको जनाएकाे छ।

नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले टिकाथली शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै त्तच् ऋयमभ, निस्शुल्क डलर कार्ड जारी, निस्शुल्क डिम्याट खाता, निस्शुल्क मेरोसेयर रजिस्ट्रेशन, निस्शुल्क डेबिट कार्ड, निस्शुल्क मोबाईल बैंकिंग सेवा, निस्शुल्क इन्टरनेट बैंकिंग सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०।२५५ छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।

शाखा विस्तारसँगै उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको ११८ वटा शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६५ वटा एटीएम पुगेको छ।


प्रतिक्रिया दिनुहोस्