दिपेन्द्रको टी-ट्वान्टी अलराउण्डर वरीयता यथावत

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ५ : ४५


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दिपेन्द्र सिंह ऐरीको टी(ट्वान्टी अलराउण्डर वरीयता यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले सार्वजनिक गरेको नयाँ वरीयतामा दिपेन्द्रको वरीयता यथावत रहेको हो ।

दिपेन्द्र वरीयताको नवौं स्थान छन् । यो उनको हालसम्मकै उच्च वरीयता हो । यस अघि उनी नवौं स्थानमै रहेका थिए ।यस्तै ब्याटिङ वरीयतातर्फ कुशल भुर्तेल ३८ औं स्थानमा रहेका छन् ।

ब्याटिङतर्फ दिपेन्द्र ४२ औं र आसिफ शेख ९८ औं स्थान रहेका छन् ।बलिङ वरीयता नेपालका कप्तान सन्दीप लामिछाने ४० औं स्थानमा रहेका छन् ।अविनास बोहरा ९३ औं स्थानमा झरेका छन् ।


प्रतिक्रिया दिनुहोस्