कागतीको स्वादमा नयाँ स्प्राइट

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ५ : ३७


काठमाडौं । लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ्ग ताजा स्वादमा नयाँ स्प्राइट बजारमा ल्याएको छ । नयाँ स्वादको स्प्राइट लन्चको एक हिस्साको रूपमा कोका–कोला नेपालले टेलिभिजन विज्ञापन लन्च समेत गरेको छ जसमा स्प्राइटको ब्रान्ड एम्बेसडर अनमोल केसीलाई छायांकन गरिएको छ ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘कोका–कोलामा हामी उपभोक्ताहरूको माग र रोजाई अनुसारको स्वाद प्रदान गर्न सँधै प्रयासरत छौँ । स्प्राइटले पहिलेदेखि नै उपभोक्ताहरुको तन र मन दुवैलाई स्फूर्ति प्रदान गर्दै आएको छ ।’

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले कागतीको रिफ्रेसिङ्ग स्वाद भएको नयाँ स्प्राइट लन्च गर्न पाउँदा निकै उत्साहित भएको बताए । नयाँ स्प्राइट उपभोक्ताहरूको माग अनुसार विभिन्न साइज र बोतलहरूमा उपलब्ध रहेको बताइएको छ । ग्लास बोतलमा स्प्राइट १७५ मिलि तथा २५० मिलि र पेट बोतलहरूमा २५० मिलि, ५०० मिलि, १ लिटर, १.५ लिटर, २.२५ लिटरको प्याक साईजमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्