फेरि बढ्न थाले कोरोना संक्रमित, बुधबार ६२ जनामा पुष्टि

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ५ : ३३


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६२ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६२० वटा नमुना परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो केहिदिन यता मुलुकमा पुनः कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। यसअघि देशभर दैनिक १० देखि २० जनाको हाराहारीमा मात्र संक्रमण देखिँदै आएको थियो।

मंगलबार मात्र ४४ जनामा कोरोना पुष्टि भएको थियो। आज १९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २६१ रहेको छ।


प्रतिक्रिया दिनुहोस्