आज असार १५, धान रोपाईं हुँदै (फोटोफिचर)

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ४ : ५८


काठमाडौं । नेपालीहरुले आज असार १५ मनाउँदै छन्।

असार १५ अर्थात धान दिवसका रुपमा मनाइने यो दिन देशभरका खेत रमितलाग्दो देखिएका छन्।

आजको दिनलाई राष्ट्रिय धान दिवसका अवसरमा मनाउन पूर्वप्रधानमन्त्री, मन्त्रीदेखि किसानसम्म धान रोप्न खेतमा पसे। तस्विरमा हेर्नुहोस्

 भक्तपुरको सिरुटारमा धान रोपाइँ कार्यक्रममा सहभागी एमाले अध्यक्ष केपी शर्मा ओली। उनलाई पत्नी राधिका शाक्यले साथ दिएकी थिइन्।

रोपाइँ कार्यक्रममा नायिका करिश्मा मानन्धर। नेकपा एमालेको युवासंघले ललितपुरको बुङ्‍मतीमा आयोजना गरेको रोपाइँ कार्यक्रममा उनी सहभागी भएकी हुन।
पूर्वी चितवनको खैरहनी नगरपालिका–१३, बैरीयामा बुधबार १९औँ धान दिवसका अवसरमा मेसीनबाट धान रोप्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी तस्बिरः नारायण अधिकारी/रासस

 

कृषि ज्ञान केन्द्र लमजुङ र बेँसीसहर नगरपालिकाको कृषि शाखालगायतको संयुक्त आयोजनामा बुधबार बिहान बेँसीसहरमा १९औँ धान दिवसको अवसरमा आयोजित धान दिवस कार्यक्रममा बेँसीसहरको दनाईफाँटमा धान रोप्दै जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङ, उपप्रमुख बुनाकुमारी रिमाल, यस नगरका नगरप्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी सुशिल वैद्य, ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडालगायत। तस्बिर: जनक श्रेष्ठ/रासस

 

उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवद्वारा बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजित ‘१९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रममा आधुनिक कृषियन्त्रबाट रोपाइँ गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव। तस्बिरः प्रदीपराज वन्त/रासस
रोपाइँ गर्दै किसान ललितपुरको खुमलटारमा रोपाइँ गर्दै किसान। तस्बिर: प्रदीपराज वन्त/रासस


प्रतिक्रिया दिनुहोस्