भारतका धनाढ्य मुकेश अम्बानीले छोरा आकाशलाई रिलायन्स जियोको अध्यक्ष बनाए

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ४ : १५


काठमाडौं। भारतको सबैभन्दा चर्चित टेलिकम रिलायन्स जियो इन्फोकमको अध्यक्षमा मुकेश अम्बानीका छोरा आकाश अम्बानी नियुक्त भएका छन्।

६५ वर्षका मुकेशले छोरालाई ठूलो कम्पनी सुम्पिएका हुन्। मुकेश र उनकी श्रीमती नीता अम्बानीका तीन सन्तानमध्ये आकाश जेठा छोरा हुन्।

आकाशका बहिनी ईशा र भाई अनन्तले पनि यसैगरी अन्य कम्पनीको नेतृत्व पछि गएर सम्हाल्ने अनुमान गरिएको छ।

मुख्य कम्पनी रिलायन्स इन्डस्ट्रिजको बोर्डमा भने अम्बानीका कुनै सन्तानहरु छैनन्।

विस्तारै कम्पनीको कामहरु सम्हाल्दै गएपछि उनीहरुलाई बोर्डमा समावेश गर्ने अम्बानीको लक्ष्य रहेको छ। इकोनोमिक टाइम्स


प्रतिक्रिया दिनुहोस्