रविले घण्टी चुनाव चिन्ह नपाउने!

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ४ : ०५


रवि लामिछानेले ‘घण्टी’ चुनाव चिन्ह नपाउने देखिएको छ। निर्वाचन आयोगमा यसअघि नै एउटा पार्टीले आफ्नो चुनाव  चिन्ह घण्टी दर्ता गरिसकेको अवस्थामा रविको पार्टीलाई आयोगले सो चिन्ह नदिने तयारी गरेको छ।

सञ्चार कर्म छाडेका रविले गत असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए। जसको चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका थिए।

आयोगमा २०७३ साल मंसिर ३० गते दर्ता भएको राष्ट्रवादी पार्टीले सो चिन्ह दर्ता भएको पाइएको छ। सो पार्टीका केन्द्रीय संयोजक सहजाद मियाँ भिकरानी रहेका छन्।


प्रतिक्रिया दिनुहोस्