काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केरुङ-काठमाडौं रेलमार्ग सम्भव नभएको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री शर्माले चीन र भारतलाई रेल मार्ग लिजमा बनाउन दिनु उपयुक्त हुने बताए।
उनले भने ‘विश्वप्रकाश शर्मा बाचुन्जेल केरुङबाट काठमाडौं रेल आउँछ जस्तो लाग्दैन। हामीले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्नुपर्छ। (रेल) आउनुपर्छ त्यो तर नेपालले प्रष्ट भन्नुपर्छ, हामी सक्दैनौं, (चीनलाई) तिमीहरु व्यापार गर, लिज बाटो दिन्छौँ । सामान लैजाउ बाटो दिन्छौं’।
महामन्त्री शर्माले नेपालले छिमेकी देश चीन र भारतलाई नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने भारत र चीनले उपहारमा दिए लिन चाहेको भनेर प्रस्ताव राख्नुपर्ने बताए।
यस्तै हुन सम्भव हुने रेलमार्गका लागि लाग्न समेत आग्रह गरेका छन्।
केरुङ-काठमाडौं भन्दा मेची-काली रेल `भायबल´ छ l यतापनि बनाउने उतापनि बनाउने कुरा गरेर कतै नबन्ने अनिश्चितता अन्त्य गरौं l मेची-काली रुटमा रोक्का जग्गाको मुआब्जा दिन शुरु गरौं, यसमै केन्द्रित हौं !
सक्नेमा लागौं, नसक्नेलाई सकिन्न स्विकारौं l रेललाई फायलमा होइन फिल्डमा संभव बनाऔं l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) June 29, 2022